Kathmandu Press

बढ्यो सुनको मूल्य 

बढ्यो सुनको मूल्य 

काठमाडौं, मंसिर ११ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।
हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो।
 

प्रकाशित मिति: ११:३४ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्