Kathmandu Press

प्रिमियर लिगमा युनाइटेड विजयी, टोटनहमको लगातार तेस्रो हार

आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनमाथि ३–०को जित निकाल्यो।
प्रिमियर लिगमा युनाइटेड विजयी, टोटनहमको लगातार तेस्रो हार

काठमाडौं, मंसिर ११ : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनमाथि ३–०को जित निकाल्यो।

युनाइटेडलाई जिताउनका लागि एलेजान्ड्रो ग्रनाचो, मार्सियल र मार्कस रोस्फोर्डले गोल गरे।

ग्रनाचोले तेस्रो मिनेटमै टिमलाई अग्रता दिलाएका थिए। उनले डिएगो डालोटको पासमा बाइसाइकल किकमार्फत् उत्कृष्ट गोल गरे।

पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा २ गोल थपेको थियो। ५६ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमा गोल गरेपछि युनाइटेड २–० ले अघि बढ्यो।

यसैगरी ७५ औं मिनेटमा एन्थोनी मार्सिएलले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेपछि युनाइटेड ३–० को सहज जित निकाल्न सफल भयो।

जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन भने पुछारबाट दोस्रो स्थानमा छ।

यता, अर्को खेलमा टोटनहमले लागतार तेस्रो हार भोग्यो। उ एस्टन भिल्लासँग २–१ ले पराजित भयो।

टोटनह्यामले जियोभानी लोसेल्सोको गोलमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा फाओ फ्रान्सिस्को टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

६१औं मिनेटमा ओले वाट्किन्सले गोल गरेपछि एस्टन भिल्लाले २–१ को पुनरागमन जित निकाल्यो।

जितपछि एस्टन भिल्ला २८ अंकका साथ चौथो स्थानमा उक्लदा टोटनह्याम २६ अंकका साथ पाँचौं स्थानमा झरेको छ।

 

प्रकाशित मिति: ०९:११ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्