Kathmandu Press

हार्दिक पाण्ड्या गुजरातमै रहने

गुजरातलाई पहिलो सिजन नै च्याम्पियन बनाएका हार्दिकलाई उसले अन्तिम समयमा रिटेन गरेको थियो।
हार्दिक पाण्ड्या गुजरातमै रहने

काठमाडाैं, मंसिर १० : आफ्नो पूर्वक्लब मुम्बई इन्डियन्स फर्कने लगभग पक्का भएका अलराउन्डर हार्दिक पाण्ड्या अन्तिम समयमा गुजरात टाइटन्समै रहने भएका छन्।

गुजरातलाई पहिलो सिजन नै च्याम्पियन बनाएका हार्दिकलाई उसले अन्तिम समयमा रिटेन गरेको थियो। त्यसअघि पाण्ड्या १५ करोडमा ट्रेड हुने पक्का भएको बताइएको थियो।

आईपिएलमा दुई सिजन मात्र खेलेको गुजरात दुवै सिजन फाइनल पुगेको थियो।

गुजरातले हार्दिकसँगै सुभमन गिल, डेविड मिलर, केन विलियम्सन, मोहम्मद सामी, विजय शंकर, रसिद खान, नूर अहमद, जोश लिटल, मोहित शर्मा लगायतलाई रिटेन गरेको छ।

उसले अल्जारी जोसेफ, ओडिन स्मिथ, दसुन सनका, यस दयाल, केएस भारत, शिवम मावी, उर्विल पटेल र प्रदीप सांग्वानलाई रिजिज गरेको छ।

 

प्रकाशित मिति: २०:५० बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्