Kathmandu Press

चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलन सुरु 

चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलन सुरु 

काठमाडौं, मंसिर १० : नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सोमबार सम्म चल्नेछ।

संघको उक्त सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका निम्ति विधागत विभिन्न सात विषय छलफल तय भएको जनाइएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणालीलगायत छलफलका विषय राखिएका छन्।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको वन्द सत्रसँगै समापन पनि सोमवार सकिने छ।   
 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्