Kathmandu Press

सातौं अक्षरा मोडेल युनाइटेड नेसन्स सम्पन्न

‘मोडेल युनाइटेड नेसन्स’ संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त एक शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूको भूमिकामा रही ती देशको नीति र दृष्टिकोणका साथै वास्तविक विश्वव्यापी समस्या बुझ्ने र तिनको समाधान गर्ने उपाय खोजेर सुझाव दिने गर्दछन्। 
सातौं अक्षरा मोडेल युनाइटेड नेसन्स सम्पन्न

काठमाडाैं, मंसिर १० : काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलद्वारा आयोजित सातौँ अक्षरा मोडेल युनाइटेड नेसन्स (एमयुएन) सम्पन्न भएको छ। विद्यार्थीमा भएको खुबी र जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु एमयुएन आइतबार औपचारिक कार्यक्रमसँगै सम्पन्न भएको हो। 

1700992638118-1700993491.jpg

‘मोडेल युनाइटेड नेसन्स’ संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त एक शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूको भूमिकामा रही ती देशको नीति र दृष्टिकोणका साथै वास्तविक विश्वव्यापी समस्या बुझ्ने र तिनको समाधान गर्ने उपाय खोजेर सुझाव दिने गर्दछन्। 

Hardik ivf

1700992638053-1700993408.jpg
प्राध्यापक डा. लेखनाथ शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयकी संस्थापक निर्देशक अन्जु भट्टराईले अक्षरा मुन भावी पुस्तालाई सशक्त बनाउने, कूटनीतिक सीपहरूको पालनपोषण गर्ने र विश्वव्यापी चेतनालाई बढावा दिने प्रमाणको रूपमा रहेको बताइन्। ‘वास्तविक विश्वका कूटनीतिक चुनौती, सांस्कृतिक आदानप्रदान र सञ्जालका लागि एमयुएनले एक प्लेटफर्म प्रदान गरेको छ,’ उनले भनिन्। 1700992638072-1700993409.jpg

विद्यालयका शैक्षिक निर्देशक विष्णु पनेरुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एमयुएन अत्यन्तै उपयोगी भएकाले विद्यालयले विगत सात वर्षदेखि आयोजना गर्दै आएको जानकारी दिए। साथै उनले बालबालिकामा अन्तर्राष्ट्रिय सम्बन्धका आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक विषयमा चासो राख्ने, खोजअनुन्धान गर्ने, धारणा राख्ने, तर्क गर्ने, समस्या समाधान गर्ने बानीको विकास गर्ने एउटा उत्कृष्ट अवसर रहेको बताए।

1700992638269-1700993428.jpg  
त्यस्तै प्रिन्सिपल मिलन केसी लोप्चनले एक्काइसौँ शताब्दीसँगै विश्वव्यापीकरणको युगमा विद्यार्थीलाई सबै क्षेत्र र विषयमा आधारभूत ज्ञान दिन आवश्यक रहेको धारणा राखिन्। उनले एमयुएन विद्यार्थीलाई भविष्यमा गएर जुनसुकै क्षेत्रमा पनि समायोजन हुनसक्ने जनशक्तिको आधार बनेको बताइन्। कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. शर्माले शिक्षण सिकाइमा यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास गर्ने बताए। उनले औद्योगिक क्रान्तिको चौथो चरणमा प्रवेश गरेको विश्व परिवेशमा यस्ता अभ्यासले विद्यार्थीमा अनुसन्धानमूलक एवम् समालोचनात्मक सिप विकास हुने तर्क गरे। 

1700992638213-1700993430.jpg

मंसिर ८ देखि १० गतेसम्म सञ्चालित कार्यक्रममा विद्यार्थी प्रतिनिधिले आर्थिक तथा वित्तीय मामिला परिषद्, विज्ञान र प्रविधिमा संयुक्त राष्ट्र आयोग, संयुक्त राष्ट्र विकास कार्यक्रम, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, अन्तर्राष्ट्रिय प्रेसलगायत समितिमार्फत छलफल गरेका थिए। कक्षा ८ र ९ का विद्यार्थी सहभागी सो कार्यक्रमको संयोजन कक्षा १० का विद्यार्थीले गरेका थिए। कार्यक्रममा अक्षरा स्कुल र अन्य विद्यालयका गरी करिब १४० प्रतिनिधिको सहभागिता रहेको थियो।  विद्यार्थीले सातवटा कमिटीमार्फत अन्तराष्ट्रिय जगतमा देखिएका समस्या र तिनको समाधानबारे वादविवाद, वक्तृता, सामूहिक प्रस्तुतिका साथै प्रतिवेदन तयार पारी कमिटीका प्रतिनिधिलाई बुझाएका थिए।

1700992638337-1700993445.jpg

यसैक्रममा आर्थिक तथा वित्तीय मामिला परिषद्बारे छलफल गर्दै विद्यार्थीले कतिपय कमजोर राष्ट्रले गैरकानुनी रुपमा व्यवसाय गरेर आफ्नो आर्थिक अवस्था सुधार गरे पनि युएनको नजरमा ती देशको छवि नराम्रो रहेको निष्कर्ष निकालेका थिए। विज्ञान र प्रविधिमा संयुक्त राष्ट्र आयोगको सन्दर्भमा पनि विद्यार्थीले अध्ययन गरेका थिए, जसमा बढ्दै गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विषयमा अध्ययन गरेको बताए। त्यस्तै विद्यार्थीले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत दिगो विकासका विषयमा छलफल गर्दै भविष्यमा आउने चुनौतीलाई सामना गर्नका लागि अहिले नै कुनै उपाय निकाल्नुपर्ने निष्कर्ष निकालेका थिए। संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमअन्तर्गत जीवजन्तुको संरक्षण विषयमा छलफल भएको थियो। विद्यार्थीले स्विट्जरल्यान्ड, स्विडेनलगायत राष्ट्रले पर्यावरण सन्तुलनका लागि गरेको पहल र अरु देशलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको विषयमा अध्ययन गरेका थिए। संयुक्त राष्ट्र मानव अधिकार परिषद् विषयमा पनि विद्यार्थीले छलफल गरेका थिए। सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने भन्दै इन्डियाले लिंग परिवर्तनलाई लगाएको प्रतिबन्ध विषयमा गहन अध्ययन गरेका थिए। 

1700992638434-1700993447.jpg

त्यस्तै अन्तर्राष्ट्रिय न्यायालयअन्तर्गत कुलभूषण जादबको विषयमा छलफल भयो। नक्कली पासपोर्ट बनाई इरानमा व्यापार गर्ने भारतीय मूलका जादबलाई पाकिस्तान सरकारले आतंकवादी भनेर मृत्युदण्ड दिने निर्णय गरेको थियो, जसमा भारत अन्तराष्ट्रिय अदालत गएको थियो। सो विषयमा विद्यार्थीले चासोका साथ अध्ययन गरेका थिए। अन्तर्राष्ट्रिय प्रेस कमिटीमा रहेका विद्यार्थीले अन्य कमिटीमा भएका छलफलबारे रिपोर्टिङ गरेका थिए। यसका साथै बिबिसी, सिएनएन, क्योडोलगायत अन्तर्राष्ट्रिय मिडियाले कसरी समाचार संकलन गर्छन् र विश्वभरि सञ्चार गर्छन् भन्ने विषयमा गहन अध्ययन र छलफल गरेका थिए। आइतबार भएको समापन कार्यक्रममा युएन कमिटीका अध्यक्षले कमिटीका उत्कृष्ट तीन प्रतिनिधिलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित सम्मान गरेका थिए। 

1700992638462-1700993649.jpg

1700992638451-1700993613.jpg

1700992638410-1700993606.jpg

1700992638397-1700993594.jpg

1700992638368-1700993587.jpg

1700992638352-1700993576.jpg

1700992638321-1700993570.jpg

1700992638306-1700993563.jpg

1700992638292-1700993560.jpg

1700992638281-1700993554.jpg

1700992638256-1700993545.jpg

1700992638240-1700993537.jpg

1700992638226-1700993531.jpg

1700992638202-1700993528.jpg

1700992638190-1700993519.jpg

1700992638176-1700993510.jpg

1700992638161-1700993508.jpg

1700992638147-1700993500.jpg

1700992638133-1700993496.jpg

1700992638118-1700993491.jpg

1700992638103-1700993480.jpg

1700992638089-1700993475.jpg

1700992638079-1700993471.jpg

1700992638067-1700993467.jpg

1700992638061-1700993456.jpg

 

 

 

 

 

 

 

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्