Kathmandu Press

दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन भण्डारीले दिए निवेदन 

दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन भण्डारीले दिए निवेदन 
Hardik ivf

काठमाडौं, मंसिर १० : आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर भएको रिट फिर्ता लिन निवेदक आफैले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका छन् । 

दुर्गा प्रसाईंलाई स्वतन्त्रतापूर्वक हिंडडुलको मागसहित रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन्।

प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकडको अबस्था नभएको भन्दै रिटको रिट फिर्ताका लागि निवेदन परेको हो । रिटको औचित्य सकिएकाले फिर्ता पाउन उनको माग छ। सुनुवाइकाे समेत औचित्य सकिएको अवस्थामा उक्त रिट रिट खारेज हुने सम्भावना छ । 
 

प्रकाशित मिति: १५:०० बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्