Kathmandu Press

रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रम

रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रम

काठमाडौं, मंसिर १० : सिके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।

आइतबार जनमत पार्टीले काठमाडौंस्थीत पार्टी कार्यालयबाहिर रंगभेद आक्रमण अन्त गर भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस मनाएको हो। त्यस्तै तराई मधेसका जिल्लामा पनि रंगभेदविरुद्धको दिवस मनाएको जनमत पार्टीले जनाएको छ।

जनमत पार्टीका सांसद अब्दुल खानले २०७१ मंसिर १० गते काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष राउत लगायत तीन सयभन्दा बढी नेता-कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेकाले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउन थालेको जानकारी दिए।

जनमत पार्टीले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउँन प्रतिनिधि सभामा संकल्प प्रस्ताव समेत दर्ता गराएको खानले बताए। 

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्