उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन
कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवर्द्धनका लागि प्रदर्शनी गरिएको बताए।
काठमाडौं, मंसिर ९ : वसन्तपुर दरबार क्षेत्रमा शनिबार काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ।
कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए। उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे।
मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो। काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए।
कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवर्द्धनका लागि प्रदर्शनी गरिएको बताए।
नेपाल सम्वतका अवसरमा नेकपा ९एमाले०ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सृजनामध्ये अधिकांश बिक्री पनि भएको उनले बताए।
यहाँ राखिएका सृजना कम्तीमा १० हजारदेखि ५० हजारसम्ममा बिक्री भएको उनको भनाइ छ । प्रदर्शनीको केही घण्टामै सृजना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताए।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य कलाकार एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डंगोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सृजना प्रदर्शन गरिएको थियो।












