सम्झनामा ट्रलीबस [फाेटाेफिचर]
उनले त्यहि कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र भन्दै सोधे। पसलवालाको जवाफ 'इतिहास भयो। ट्रलिबस कुनै बेला थियो भाइ' भनेर हाँसेर उडाइदिए।![सम्झनामा ट्रलीबस [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/trolley-bus-1700899335.jpg)
काठमाडाैं, मंसिर ९ : कैलालीबाट पासपोर्ट बनाउन आएका सूर्यबहादुर थापा त्रिपुरेश्वरको बाटो हिड्दा सडकको छेउहरुमा ठुलोठुलो अनौठो लाग्ने पोलहरु देख्दा केको हो भन्ने लागेको थियो। उनले त्यहि कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र भन्दै सोधे। पसलवालाको जवाफ 'इतिहास भयो। ट्रलिबस कुनै बेला थियो भाइ' भनेर हाँसेर उडाइदिए।

हो पनि थापा जस्तै त्रिपुरेश्वरको बाटो हिँड्नेलाइ ती ठुलाठुला प्रयोगविहीनन पोलहरु देख्दा केको हो भन्ने नै लाग्ने गर्दछ। काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो। चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो। ट्रलीबस निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो।

ट्रलिबसमा कोचाकोच आवतजावत गरेको अहिले तस्बिरमा मात्र सीमित छ। बीचमा बन्द भएको ट्रलीबस पछि सन् २००१ सम्म आशिक रुपमा चलेको थियो तर सन २००८ पछि घाटा भएको कारणले पूर्ण रुपमा बन्द भयो। म नै भविष्य हुँ, मलाई बचाउनुहोस्।’ मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाड हलमा थन्किएका ३२ ओटा ट्रली बसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ।

बसका सबै पार्टपुर्जालाई खिया लागिसकेको अवस्था छ। विद्युतीय ट्रलीबस साच्चै नै अब इतिहास बनेको छ। ३३ वर्षसम्म काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रली बस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन। नेपाल फोटो लाइब्रेरीबाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रलीबस र सम्बन्धित भग्नावशेषहरुको तस्बिरहरू यस्ता छन्।
























