Kathmandu Press

भाषा संरक्षण चुनौतीपूर्ण : परराष्ट्रमन्त्री साउद

उनले भाषा, भेषभूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन्। 
भाषा संरक्षण चुनौतीपूर्ण : परराष्ट्रमन्त्री साउद

काठमाडौं, मंसिर ९ : परराष्ट्रमन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज, काठमाडौंको १४औं साधारणसभा समारोहलाई सम्बोधन गर्दै उनले भाषा, भेषभूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन्। 

उनले भने, ‘भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ। केही समस्या छन्। हाम्रो भाषा हाम्रो भेषभूषा बचाउनका लागि बडो गाह्रो छ।’ उनले हस्तानतरण हुँदै आएका परम्पराहरुलाई आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट बिदा लिनुपर्ने धाराणा राखे। 

उनले भने, ‘श्रुतिको आधारमा निरन्तर हाम्रा परम्पराहरु हामीसम्म हस्तान्तरण हुँदै आएका छन् र हाम्रो दायित्व के हो भने ती मूल्य, मान्यता, पद्धति र परम्पराहरु हाम्रो भेषभूषाका कुराहरु जीवनपद्धतिका कुराहरु आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट हामी बिदा हुनुपर्छ।’ उनले सुदूरपश्चिमका भाषा, संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए। 
 

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्