Kathmandu Press

पूर्वी नाकाहरुमा प्रहरीको सूक्ष्म निगरानी

पूर्वी नाकाहरुमा प्रहरीको सूक्ष्म निगरानी

विराटनगर, मंसिर ८ : भारतसँग सीमा जोडिएका कोशी प्रदेशका चार जिल्लाका नाकाहरूमा प्रहरीले केही दिनयता निगरानी र जाँचमा कडाइ गरेको छ।

भारतबाट अवैध घुसपैठको आशंकामा नाकाहरुमा कडाइ गरिएको हो। प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी गस्तीलाई निरन्तरता दिइरहेको छ।

Hardik ivf

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा निगरानी बढाइएको बताए। उनका अनुसार अझै केही दिन नाकाहरुमा विशेष निगरानी जारी रहनेछ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजधानीकेन्द्रित प्रदर्शन जारी राखेसँगै प्रहरीले नाकाहरुमा निगरानीलाई निरन्तरता दिने भएको हो। नाकाहरुबाट नेपाल प्रवेश गर्नेहरुको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरेको छ।

आफ्नो आन्दोलनमा भारतबाट समेत सहभागी हुन आउने जानकारी प्रसाईँले सार्वजनिक गरेपछि प्रहरीले निगरानी बढाएको थियो।प्रहरीले मोरङको जोगबनी, झापाको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरीका नाकाहरूमा सुक्ष्म निगरानी भइरहेको जनाएको छ।

यस क्रममा नेपाल प्रवेश गर्न खोज्ने कतिपय समूहलाई प्रहरीले नाकाबाटै फर्काएको जनाएको छ।

प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्