Kathmandu Press

पहिलो टि–२०मा अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

पहिलो टि–२०मा अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

काठमाडाैं, मंसिर ८ : भारतले पहिलो टी–२० खेलमा अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ। नवनियुक्त कप्तान सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपछि भारतले अस्ट्रेलियाविरुद्ध कीर्तिमानी २०९ रनको लक्ष्य पछ्याउँदै जित निकाल्यो। यो भारतले अहिलेसम्म चेज गरेको ठूलो स्कोर हो।

अष्ट्रेलियाले दिएको २०९ विशाल लक्ष्य भारतले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो। अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा तेस्रो, चौथो र पाँचौं बलमा लगतार विकेट जाँदा खेल रोमाञ्चक बनेको थियो।

Hardik ivf

२२ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको भारतका लागि कप्तान सूर्यकुमारले सूर्यकुमार यादवले ४२ बलमा ८० रनको उत्कृष्ट कप्तानी इनिङ खेले । उनले आफ्नो इनिङ्समा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै, इशान किशानले ३९ बलमा २ चौका र ५ छक्का सहित ५८ रनको विस्फोटक इनिङ खेले। यी दुईले तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए।

यस्तै, रिंकु सिंहले १४ बलमा २२ अविजित रन बनाउँदै टिमलाई जित दिलाए। त्यसअघि ओपनर यजस्वी जैसवालले ८ बलमा २१ रन बनाएका थिए। अस्ट्रे्लियाका तनविर सांगाले २ तथा जासन बेरेनडोफ, म्याथु सर्ट, सेन एबोटले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले जोश इंग्लिसको शतकमा निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २०८ रन बनायो। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्का सहित ११० रन बनाए। ४७ बलमा शतक बनाउँदै उनी अस्ट्रेलियाका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने।

यस्तै, स्टिभ स्मिथले पनि अर्थशतकीय योगदान दिए। उनले ४१ बलमा ८ चौका सहित ५२ रनको इनिङ खेले। इंग्लिस र स्मिथले दोस्रो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए। भारतका लागि रवि बिश्नोई र प्रसिद्ध कृष्णले १–१ विकेट लिए।

 

प्रकाशित मिति: ०७:५६ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्