Kathmandu Press

ब्राउन सुगरसहित दुईजना पक्राउ

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुईजनाबाट ब्राउन सुगर बरामद गरेको हो।
ब्राउन सुगरसहित दुईजना पक्राउ

मोरङ, मंसिर ८ : प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सुनसरीको दुहबी नगरपालिका–५ बाट दुईजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुईजनाबाट ब्राउन सुगर बरामद गरेको हो।

Hardik ivf

शंकास्पद अवस्थामा गइरहेको अवस्थामा जाँच गर्दा मोटरसाइकल चालक भारतको जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरीले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले चौधरी र मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक बलबीर रामलाई पक्राउ गरेको हो।

उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्