दिनेश राउतको निर्देशनमा ‘पूजार सार्की’ बन्ने
माघको पहिलो साताबाट फ्लोरमा जाने फिल्मलाई किङडम नेटवर्कले प्रोडक्सन गर्नेछ भने आरआर फिल्मस्ले वितरण गर्नेछ।
काठमाडाैं, मंसिर ७ : दिनेश राउतले नयाँ फिल्म ‘पूजार सार्की’ निर्देशन गर्ने भएका छन्। निर्देशक राउतले सामाजिक सञ्जालमार्फत् सातौं फिल्मका रुपमा ‘पूजार सार्की’ निर्देशन गर्न लागेको उल्लेख गरेका छन्।
विकास सुवेदीले लेखेको ‘पूजार सार्की’लाई सुभाष भुसालले निर्माण गर्ने छन्। माघको पहिलो साताबाट फ्लोरमा जाने फिल्मलाई किङडम नेटवर्कले प्रोडक्सन गर्नेछ भने आरआर फिल्मस्ले वितरण गर्नेछ।
फिल्मको डिजिटल पार्टनरका रुपमा ओएसआर डिजिटल रहेको छ। फिल्मका कलाकार भने फाइलन भइसकेका छैनन्।
प्रकाश निर्देशक राउतको सबैभन्दा चर्चित र सफल फिल्म हो। उनले निर्देशन गरेका प्रसाद, सेल्फिकिङ, नेभोम्बर रेनबाट पनि चर्चामा थिए।
प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












