Kathmandu Press

लक्ष्मण सुवेदी निर्देशित ‘सतिवेदी’को फस्टलुक सार्वजनिक

आफैंले निर्माण गरेको फिल्ममा सुवेदीले आफैंले देख्दै भोग्दै आएको कथालाई देखाउने प्रयास गरेका छन्।
लक्ष्मण सुवेदी निर्देशित ‘सतिवेदी’को फस्टलुक सार्वजनिक

काठमाडौं, मंसिर ७ : रंगपत्रकार लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीवेदी’को फस्टलुक सार्वजनिक भएको छ।

सामाजिक कथामा बनेको फिल्म ‘सतीदेवी’को पोस्टरमा नायिका मलिका महतलाई जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको देखाइएको छ।

आफैंले निर्माण गरेको फिल्ममा सुवेदीले आफैंले देख्दै भोग्दै आएको कथालाई देखाउने प्रयास गरेका छन्। नारी प्रधान यो फिलमले फिल्मले महिला सशक्तीकरण कुरा उठाएको छ।

सुवेदीले नै लेखेको फिल्ममा मलिकासँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनयछ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्म यसै वर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारी छ।

 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्