Kathmandu Press

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी

भक्तपुर, मंसिर ७ : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन्। 

अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको काल्र्सस्रुहे विश्वविद्यालयबाट रिसोर्स इञ्जिनियरिङमा स्नातकोत्तर गरेका जोशीलाई संरक्षक समितिको निर्णयबाट यही मङ्सिर १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ।

Hardik ivf

 उहाँ यसअघि बासस्थानसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका नेपाल प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक भइसक्नुभएको छ। स्वायत्त र मौलिक प्रकृतिको उक्त नयाँ विश्वविद्यालयका कुलपति, उपकुलपति नभइ अध्यक्ष, उपाध्यक्ष र संरक्षणक समितिको कानुनी प्रबन्ध गरिएको छ। 

मकवानपुरको थाहा नगरपालिका ९  चित्लाङस्थित सात सय ४० रोपनी जग्गामा स्थापित सो विश्वद्यालयका अध्यक्ष डा राजेन्द्रध्वज जोशी हुन्। विश्वविद्यालयले नेपालमै पहिलो पटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावाधिरी तहमा यसै वर्षदेखि शिक्षण सुरु गरेको छ। 

विश्वविद्यालयले ती तहमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इञ्जिनीयरिङ, अग्र्यानिक एग्रिकल्चर एण्ड फुड, डिजिटल टेक्नोलोजी, टुरिजम साइन्स एण्ड इञ्जिनीयरिङ, डेटा साइन्स विषयमा पढाउन थालेको छ। विश्वविद्यालयले हाल सुविधा सम्पन्न प्रयोगशालासहित चार वटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ।

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्