Kathmandu Press

नारायणी नदीमा स्नान गर्न भक्तजनको घुइँचो

हरिबोधनी एकदशीलाई ठुलो एकादशी पनि भन्ने गरेको छ। अरु एकादशी भन्द यो एकादशीको महत्व बढी भएको कारण भक्तजनहरुले यो एकादशीलाई बिशेष महत्वको साथ मनाउने गरेका छन्।
नारायणी नदीमा स्नान गर्न भक्तजनको घुइँचो

चितवन, मंसिर ७ : हरिबोधनीको दिन चितवनको पवित्र नारायणी नदीमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। हरिबोधनी एकदशीलाई ठुलो एकादशी पनि भन्ने गरेको छ। अरु एकादशी भन्द यो एकादशीको महत्व बढी भएको कारण भक्तजनहरुले यो एकादशीलाई बिशेष महत्वको साथ मनाउने गरेका छन्।

377151191_1836108910176374_4417876023048512435_n-1700725281.png

Hardik ivf

368587916_6790676884376145_1010518933637486021_n-1700725198.png

विभिन्न स्थान बाट भक्तजनहरुले नारायणी नदी किनारमा  फुलको डोली तोरण र तुलसीको बोट लिएर आएर नदी किनारमा राखेर पुजा गरी फुलको डोली नारायणी नदी सेलाउने गर्छन भने तोरणलाई नदीको वार पार गरेर टाग्ने गरेका छन्।

भक्तजनले घरमा बनाएको फुलको डोली र तोरणलाई भजन किर्तन गर्दै नदी किनारमा ल्याएको देखिन्थ्यो। हरिशयनी एकाखशीको दिनु सुत्नु भएको भगवान बिष्णु धार्मिक परम्परा अनुसार आजकै दिन उठ्ने भन्ने जनविश्वास रहेको छ। त्यसैले पनि यो एकदशीलाई धुमधामका साथ मनाइन्छ। हरिबोधनी एकादशीको बिशेष महत्व रहेको पण्डीत दिनेश नेपालले बताए।

यसदिन पबित्र नदी जलाशयहरुमा गएर स्नान गरी ब्रत बसी पुजा आराधना गर्नाले पुण्य प्राप्तीहुने उहाले बताए। त्यस्तै चितवनको धार्मिक स्थल देबघाट धाममा भक्तजनहरुको ठुलो सख्यामा उपस्थिति रहने गरेको छ भने चितवनको रत्ननगर पालिकामा रहेको चित्रशारीमा पनि ठुलो मेला लाग्ने गरेको छ।

368587916_6790676884376145_1010518933637486021_n-1700725198.png

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्