विश्वकप फाइनलपछि भारत र अस्ट्रेलिया भीड्दै
भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल विशाखापट्टनममा बेलुका हुँदैछ।-1700716504.jpg)
काठमाडौं, मंसिर ७ : आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पछि भारत र अस्ट्रेलिया टी २० क्रिकेटमा आज आमने सामने हुदै छन् । भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल विशाखापट्टनममा बेलुका हुँदैछ।
२०२३ को विश्वकपको फाइनलपछि दुवै टोली एकअर्काको विरुद्धमा मैदान उत्रन लागेका हुन् । टी २०का लागि भारतले सूर्यकुमार यादवलाई कप्तान बनाएको छ। भारतीय टोलीले अधिकांश नयाँ खेलाडीलाई लिएर मैदान उत्रनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज खेल अवधिभर पानी पर्ने सम्भावना छ। बिहीबार विशाखापट्टनममा ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यदि टस अघि पानी पर्यो भने, खेल सुरु हुन ढिलाइ हुन सक्छ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ।
यस खेलको प्लेइङ इलेभेनमा टिम इन्डियाले यशस्वी जैसवाल र इशान किशनलाई मौका दिन सक्छ। तिलक वर्मा, रिंकु सिंह र अक्षर पटेललाई पनि मौका मिल्न सक्छ । फास्ट बलर अर्शदीप सिंह र प्रसिद कृष्णले स्थान पाउन सक्नेछन् । दुवैले अहिलेसम्म राम्रो प्रदर्शन गरेका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










