Kathmandu Press

‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाई प्रदान गरिने

विराटनगरमा एक कार्यक्रम आयोजना गरी झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको हो।
‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाई प्रदान गरिने

विराटनगर, मंसिर ५ : नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई  प्रदान गर्ने भएको छ। उक्त पुरस्कार दुई लाख रुपैयाँ राशीको छ।

विराटनगरमा एक कार्यक्रम आयोजना गरी झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको हो।

विराटनगरमा फागुन ४  गते भव्य कार्यक्रम आयोजना गरी नेवा खलः कास्कीलाई  ‘सुदर्शन–कपिला सिरपा’ पुरस्कार तथा सम्मान अर्पण गरिने झी पुचःका अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए। कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गर्ने तयारी गरिएको छ।

Hardik ivf

२०३८ सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याे व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुदर्शन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ। 

झी पुचःका संरक्षक एवं समाजसेवी सुदर्शन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ मा संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो। त्यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई सम्मान गरिएको थियो।

पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित समारोहका बीच तत्कालनि राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका निर्वतमान अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए। ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुदर्शन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो। 

२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो। 

त्यसका लागि १५ लाखको अक्षय कोष खडा गर्ने उद्घोष भएअनुसार झी पुचः विराटनगरले सुदर्शन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचः अन्तर्गत सुदर्शन कपिला सिरपा विशेष समिति निर्माण गरी कार्य गर्दै आएको छ।

दाता सुदर्शनबहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल अन्य दाताहरुले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाइएको छ।
 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्