Kathmandu Press

मंसिर ९ गते पोखरामा हुने माउन्टेन क्रस–कन्ट्री कम्पिटिसनको तयारी तीव्र

मंसिर ९ गते पोखरामा हुने माउन्टेन क्रस–कन्ट्री कम्पिटिसनको तयारी तीव्र

काठमाडौं, मंसिर ५ : मङ्सिर ९ गते पोखरामा आयोजना हुने माउन्टेन क्रस–कन्ट्री कम्पिटिसनको तयारी तीव्र पारिएको छ।

नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको नेपाल पर्यटन बोर्डले जनाएको हो। प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले जानकारी दिए।

Hardik ivf

प्रतियोगिताका सन्दर्भमा पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावासले मंगलबार संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्र्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिएको छ।

प्रतियोगितामा नेपाल र चीनका १०÷१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने रेग्मीले जानकारी दिए। प्रतियोगितामा सबै नागरिकले भाग लिन सक्ने उहाले बताउनुभयो। उहाले विश्वमा नै पर्यटन बृद्धि गर्न खेल पर्यटनको महत्वपूर्ण भूमिका रहेकाले नेपालमा पनि खेल पर्यटन बोर्डले महत्वका साथ हेरेको जिकिर गरे।

प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने बोर्डले जनाएको छ।  नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले रु. तीन लाख ३० हजार, दोस्रो हुनेले रु. दुई लाख ८८ हजार, तेस्रो हुनेले रु दुई लाख १६ हजार, चौथो हुनेले रु एक लाख ४४ हजार र पाँचौ हुनेले रु ९० हजार पुरस्कार पाउने छन्। त्यस्तै व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले रु एक लाख ४४ हजार, दोस्रो हुनेले रु एक लाख आठ हजार, तेस्रो हुनेले रु ५४ हजार नगद प्राप्त गर्ने बोर्डले जनाएको छ। 

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्