कतार विश्वकपमा मेसीले लगाएको जर्सी लिलामीमा राखिने
विश्व च्याम्पियन मेसीले कतार विश्वकपमा लगाएका ६ वटा जर्सी लिलामी राखिन लागेको हो। जर्सी नोभेम्बर ३० बाट डिसेम्बर १४ सम् लिलामीमा राखिनेछ।
काठमाडौं, मंसिर ५ : कतार विश्वकपमा सुपरस्टार लियोन मेसीले लिएको जर्सी लिलामीमा राखिने भएको छ।
विश्व च्याम्पियन मेसीले कतार विश्वकपमा लगाएका ६ वटा जर्सी लिलामी राखिन लागेको हो। जर्सी नोभेम्बर ३० बाट डिसेम्बर १४ सम् लिलामीमा राखिनेछ।
मेसीले लगाएको जर्सी, खेलकुद जगतकै सबैभन्दा मूल्यवान हुने अनुमान गरिएको छ।
सो अवसरमा जर्सी सर्वसाधरणका लागि जर्सीलाई प्रर्दशन पनि गरिनेछ। जर्सीको संकलनले दश मिलियन डलरभन्दा बढी मूल्य पाउने विश्वास गरिएको छ ।
संकलनमा मेसीले विश्वकप फाइनलमा फ्रान्सविरुद्ध पहिलो हाफमा लगाएको जर्सी पनि समावेश छ। अक्सनबाट प्राप्त रकमको केही हिस्सा लियो मेसी फाउन्डेसनको पनि सहयोग रहेको बार्सिलोनाको बाल अस्पताललाई प्रदान गरिनेछ।
प्रकाशित मिति: १०:३६ बजे, मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










