Kathmandu Press

मंसिर ९ देखि ११ सम्म काठमाडौंमा पहिलो अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन

फाउन्डेनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त सम्मेलन एवं प्रदर्शनी हुने जानकारी दिएको हो।
मंसिर ९ देखि ११ सम्म काठमाडौंमा पहिलो अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन

काठमाडौं, मंसिर ४ : आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एन्ड रिसर्च फाउन्डेसनको आयोजनामा नेपालमा पहिलो अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ हुने भएको छ। 

फाउन्डेनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त सम्मेलन एवं प्रदर्शनी हुने जानकारी दिएको हो।

सम्मेलनको मूल नारा ‘कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु’ रहेको आयोजकले जनाएको छ। फाउन्डेसनका अध्यक्ष डा. विजेन्द्र साहले नेपाल जडीबुटीको धनी देश भएको र नेपालका जडीबुटीका महत्वबारे सबैले थाहा पाउनुपर्ने भएकाले आफूहरुले सम्मेलन गर्न लागेको जानकारी दिए।

उनले नेपालमा सरकारले आयुर्वेदलाई त्यति प्राथमिकता नदिएको र बजेट पनि यथोचित प्रदान नगरेको बताए। उनले सम्मेलनमा विभिन्न देशबाट ४ सय जना डेलिगेट्स आउन लागेको र नेपालबाट भने साढे तीन सय जनाको प्रतिनिधित्व जानकारी दिए।

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्