Kathmandu Press

चितवनमा पाटेबाघ मृत फेला

भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो। 
चितवनमा पाटेबाघ मृत फेला
सांकेतिक तस्बिर

भरतपुर, मङ्सिर ४ : चितवनमा पाटेबाघ मृत फेला परेको छ।

भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो। 

Hardik ivf

अन्दाजी छरसात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो। निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ। 

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन्।  

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, मंसिर ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्