Kathmandu Press

साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन 

गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन।  
साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन 

रामेछाप, मंसिर ४ : रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माण कार्य अलपत्र परेको छ। 
गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन।  

खाँडादेवी गाउँपालिका–५ पकरवासको गोगनपानीमा निर्माण सुरु गरिएको सो अस्पताल निर्माणको लागि आत्रिया शिव बस्नेत जेभिले जिम्मा लिएको थियो। ३ करोड ७२ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको सो कम्पनिले समयमा काम नगरिदिँदा निर्माण अलपत्र परेको छ। 

Hardik ivf

भवन निर्माण नहुँदा अस्पतालको लागि ल्याएको स्वास्थ्य उपकरण त्यतिकै थन्किएर बसेका छन्। समयमा नै अस्पताल नबन्दा स्थानीय स्वास्थ्य उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँ लगायतका अस्पताल धाउन बाध्य छन्। 

अस्पताल निर्माणको जिम्मा लिने कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेल बताउँछन्। ‘समयमा नै काम भइदिएको भए अहिले अस्पताल सञ्चालन भइसकेको हुनेथियो, निर्माणको काम अलपत्र हुँदा स्थानीयले समान्य स्वास्थ्य सेवा लिन पनि दुःख पाए’, वडाध्यक्ष पौडेलले भने। 

अस्पतालको एक तला ढलान गरेर त्यतिकै छाडिएको छ। लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढ्न सकेको छैनन। त्यो ढलाको काम पनि निर्माण कम्पनीले गाउँपालिकाको पटक पटकको ताकेता पछि गएको आर्थिक वर्षको जेठ महिनामा गरेको थियो। त्यस पछि पुनः काम सुरु भएको छैन। 

निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल बन्न नसकेको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ बताउँछन्। निर्माण कम्पनी सम्पर्कमा नआउँदा गत गएको आर्थिक वर्षमा गाउँपालिकाले छुट्याएको १ करोड ३० लाख रुपैँयाँ बजेटबाट काम नै हुन नसकेको उनले बताए। चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारबाट प्राप्त ४८ लाख रुपैयाँ बजेट भवन निर्माणको लागि स्वीकृत भएको छ। तर निर्माण कम्पनी सम्पर्कमा नै आएको छैन। 

यस वर्ष पनि निर्माणका काम अघि नबढाएमा निर्माण कम्पनी माथि कारबाही प्रक्रिया अघि बढाउने तयारीमा गाउँपालिका लागेको छ। 

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्