Kathmandu Press

पश्चिम नेपालका भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियुको देउसीभैलो 

आजबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो। उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ। 
पश्चिम नेपालका भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियुको देउसीभैलो 

काठमाडौं, कात्तिक २५ : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले जाजरकोट –रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। 

आजबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो। उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ। 

शनिबार स्ववियूका विद्यार्थी नेता कार्यकर्ताले सम्मानित नेता झलनाथ खनालको घरमा देउसी भैलो खेलेका छन्। उनीहरुले पार्टी निकट नेताको घरमा तिहारसम्म देउसी भैलो खेल्ने र रकम संकलन गरी पीडित बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका हुन्। 

उनीहरुले देउसी गाउँदा पनि भूकम्प र त्यसले ल्याएको पारेको नकारात्मक प्रभाव तथा समस्या बारेमा भट्याएका एवं गीत गाएका थिए। 
 
Photo-(6)-1699697600.jpg

Photo-(14)-(1)-1699697598.jpg

Photo-(5)-(1)-1699697598.jpg

Photo-(10)-(1)-1699697597.jpg

Photo-(1)-(2)-1699697597.jpg

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्