Kathmandu Press

सर्वोच्चका प्रस्ताविता चार न्यायाधीशको नाम संसदीयबाट अुनमोदन

सर्वोच्चको न्यायाधीशमा नियुक्तिका निम्ति समितिबाट नाम अनुमोदन गरिएकाहरूमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
सर्वोच्चका प्रस्ताविता चार न्यायाधीशको नाम संसदीयबाट अुनमोदन

काठमाडौं, कात्तिक २१ : सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन गरिएको छ। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट उनीहरू नाम अनुमोदन गरिएको हो ।

सर्वोच्चको न्यायाधीशमा नियुक्तिका निम्ति समितिबाट नाम अनुमोदन गरिएकाहरूमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।

समितिमा शुक्रबार ९कात्तिक २०० बागचन्द र सारूको सुनुवाइ गरिएको थियो । शनिबार पाण्डे र डाँगीको सुनुवाइपछि उनीहरूको नाम अनुमोदन गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

संसदीय समितिमा सुनुवाइ र त्यहाँबाट अनुमोदनपश्चात् उनीहरूलाई नियुक्त गरिने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: १६:१० बजे, शनिबार, कात्तिक २१, २०८३