Kathmandu Press

सवारी दुर्घटनामा झापा र सुनसरीमा एकएकजनाको मृत्यु

सवारी दुर्घटनामा झापा र सुनसरीमा एकएकजनाको मृत्यु

विराटनगर, कात्तिक २५ : झापा र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

सुनसरीको दुहबीमा नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। उता, झापामा नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करले एकजना युवकको मृत्यु भएको छ।

Hardik ivf

प्रहरीका अनुसार दुहबी नगरपालिका ७ मा बिहीबार राति को ३८ प ५८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बसेका २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलसहित चालक दुहबी–७ का २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, पूर्वपश्चिम राजमार्गको झापा, कन्काइ नगरपालिका–८ मा नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको छ।

धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे १ च ७८३९ नम्बरको स्कोरपियो मर्डीले चलाएको मे १० प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि सिकिस्त घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। त्यहाँ पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्