श्रीलंकन क्रिकेट बोर्ड आईसिसीको निलम्बनमा
श्रीलंकन क्रिकेट बोर्डमाथि सरकारले हस्तक्षप गरेको भन्दै शुक्रबार बसेको आईसिसी बोर्ड बैठकले श्रीलंकालाई निलम्बन गरेको हो।
काठमाडौं, कात्तिक २५ : श्रीलंकन क्रिकेट बोर्डमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले निलम्बन गरेको छ। श्रीलंकन क्रिकेट बोर्डमाथि सरकारले हस्तक्षप गरेको भन्दै शुक्रबार बसेको आईसिसी बोर्ड बैठकले श्रीलंकालाई निलम्बन गरेको हो।
केही दिनअघि मात्र अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंका सरकारले निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेको थियो। तर, त्यहाँको सर्वोच्च अदालतले पुनः निर्वाचित कमिटीलाई बहाली गर्न आदेश दिएको थियो।
भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलंकाको सदस्यता निलम्बनमा परेको हो। भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौं स्थानमा रहेको श्रीलंका सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ।
प्रकाशित मिति: ०९:२६ बजे, शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










