गाडीको ठक्करले पैदयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गको चारपानेमा प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको विद्युतीय गाडीले ठक्कर दिंदा पैदलयात्री बिर्तामोड–२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
विराटनगर, कात्तिक २४ : झापाको चारपानेमा सवारी साधनको ठक्करले शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गको चारपानेमा प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको विद्युतीय गाडीले ठक्कर दिंदा पैदलयात्री बिर्तामोड–२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। ठक्कर दिने गाडीसहित चालकलाई इलाका प्रहरी अनारमनीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












