आगलागीमा परेर वृद्धाको मृत्यु
बिहीबार राति स्थानीय ७३ बर्षीय शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
विराटनगर, कात्तिक २४ : झापाको अर्जुनधारा नगरपालिका–१० मा आगोले जलेर एकजना बृद्धाको मृत्यु भएको छ। उनका श्रीमान जलेर घाइते भएका छन्।
बिहीबार राति स्थानीय ७३ वर्षीय शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली पुगेर स्थानीयको समेत सहयोगमा आगो निभाइएको थियो।
आगलागीमा परी घाइते भएका शिवकुमारको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












