Kathmandu Press

भिनाजुको हत्या आरोपमा युवक पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय रोशन अधिकारी छन्। 
भिनाजुको हत्या आरोपमा युवक पक्राउ

विराटनगर, कात्तिक २२ : झापाको बुद्धशान्ति गाउँपालिका–५ का ४५ वर्षीय धनबहादुर कटवालको हत्यामा संलग्न रहेका उनकै सालोलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय रोशन अधिकारी छन्। कात्तिक २२ गते राति ११ बजे उनीहरुबीच घरायसी विषयमा बिबाद भएको थियो। त्यस क्रममा अधिकारीले कटवाललाई खुकुरी र बाँसले टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ।

सिकिस्त घाइते भएका कटवाललाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारकै क्रममा उनको बिहीबार मृत्यु भएको थियो।

घटनाबारे जनाकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले अधिकारीलाई तत्काल पक्राउ गरेको हो।  घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्