Kathmandu Press

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन्।
भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौं, कात्तिक २३ : प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ ।

बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन्। उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए।

Hardik ivf

गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन्। उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन्। उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन्। 

उनलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो। साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए।

गीतकार समीरले रचना गर्नुभएका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन्। यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन्।

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्