भूकम्पबाट क्षतिग्रस्त विद्यालयमा नेबिसंघले अस्थायी भवन बनाउने
संघले एक बिज्ञप्ति मार्फत तिहार लगत्तै जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्र्पुण रुपमा पुन: निर्माण गर्न नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले बताए ।
काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले भूकम्प प्रभावित क्षेत्रमा क्षति भएका विद्यालयहरुका लागि अस्थायी भवन निर्माण गर्ने भएको छ ।
संघले एक बिज्ञप्ति मार्फत तिहार लगत्तै जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्र्पुण रुपमा पुन: निर्माण गर्न नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले बताए । रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको र मनोवैज्ञानिक असर समेत परेको खबरले आफ्नो संगठन स्तब्ध भएको ने.वि.संघले जनाएको छ ।
यसअघि संघको कार्यसमितिले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई आवश्यक कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराई उक्त अस्पतालमा २४ घन्टे रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो भने भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल राहत उपलब्ध गराउन सम्पूर्ण केन्द्रीय सदस्यहरूबाट कम्तिमा प्रतिव्यक्ति रु १००० संकलन गरी तत्काल प्रधानमन्त्री राहत कोषमार्फत एकमुष्ठ रु ७ लाख ११ हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
गत कार्तिक १७ गते शुक्रबार मध्यरात ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम सबैभन्दा वढी प्रभावित बनेका थिए ।












