कस्तो रहँला आजको मौसम
जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ ।
काठमाडौं, कात्तिक २४ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।
जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
राती भने देशको कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ, भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












