Kathmandu Press

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

तिमल्सिनाले सचिव वाङ जुनझेङ प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी र सम्झौताहरुलाई कार्यान्वयन गर्ने वातावरण बनाउनका निम्ति नेपाल आएको बताए।
राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं, कात्तिक २३ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन्।
 
आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्ष संघीय संसद सचिवालयमा उक्त भेट भएको हो।

तिमल्सिनाले सचिव वाङ जुनझेङ प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी र सम्झौताहरुलाई कार्यान्वयन गर्ने वातावरण बनाउनका निम्ति नेपाल आएको बताए।

Hardik ivf

उनले भेटमा दुई पक्षीय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापारलाई अभिवृद्धि गर्नेलगायत समग्र दुई देशको हित र आर्थिक विकासको बारेमा छलफल भएको बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी, सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा अगाडि बढ्नका लागि त्यसको वातावरण बनाउन कुरा भएको छ । दुई पक्षीयसम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापार अभिवृद्धि गर्ने कुरा छ,’ उनले भने।

भेटमा व्यापार घाटा कम गर्न घाँस निकासी गर्ने, फलफूल निकासी गर्ने, नेपालमा लगानीको वातावरण बनाउने र चिनियाँ उद्यमीहरुले नेपालमा लगानी गर्ने ऊर्जा विषयमा छलफल भएको बताइएको छ।

 

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्