Kathmandu Press

विष सेवन गरेकी अभिनेत्री दिपाशाको निधन

बुधबार विष सेवन गरेर घाइते भएकी दिपाशाको नर्भिक अस्पतालमा बिहीबार निधन भएको हो।
विष सेवन गरेकी अभिनेत्री दिपाशाको निधन

काठमाडौं, कात्तिक २३ : अभिनेत्री दिपाशा बीसीको निधन भएको छ। बुधबार विष सेवन गरेर घाइते भएकी दिपाशाको नर्भिक अस्पतालमा बिहीबार निधन भएको हो।

बुधबार बेलुकी साढे ८ बजे दिपाशाले आफ्नै घरमा बिष सेवन गरेको बताइएको छ।

Hardik ivf

उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो।

फिल्ममा भन्दा पनि मोडलिङमा उनी जमेकी थिइन्।

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्