Kathmandu Press

अधिवक्ता अर्यालद्वारा दैवी प्रकोप सहायता कोषमा आर्थिक सहयोग

गत कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुमका क्षेत्रहरुमा ठूलो मात्रमा जनधनको क्षति भएको थियो। मानविय सहयोगका लागि अर्यालले उक्त रकम जम्मा गरिदिएका हुन्।
अधिवक्ता अर्यालद्वारा दैवी प्रकोप सहायता कोषमा आर्थिक सहयोग
Hardik ivf

काठमाडौं, कात्तिक २३ : नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) अन्तर्गत युवा कानून व्यवसायी समितिका कोषाध्यक्ष अधिवक्ता विष्णुप्रसाद अर्याल ‘रिभोल्ट’ भूकम्पद्वारा भएको क्षति र पीडितको राहतको लागि ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेका छन्। 

कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुमका क्षेत्रहरुमा ठूलो मात्रमा जनधनको क्षति भएको थियो। मानविय सहयोगका लागि अर्यालले उक्त रकम जम्मा गरिदिएका हुन्।

डिएलएले यस अघि उक्त सहायता कोषमा एक लाख एक हजार एक सय एघार रपैयाँ जम्मा गरी सहयोगमा जुट्न सबै कानून व्यवसायीहरुलाई अपिल गरेको थियो। सोही अनुरुप अर्यालले विहीबार उक्त रकम जम्मा गरेका हुन्।  
 

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्