Kathmandu Press

स्रोत नखुलेको भारतीय रकमसहित पक्राउ

स्रोत नखुलेको भारतीय रकमसहित पक्राउ
Hardik ivf

विराटनगर, कात्तिक २२ : प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एकजनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक पक्राउ गरेका हुन्। 

झापाको मेचीनगर नगरपालिका-६ बाट भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरस्थित भन्सार गेटमा ६२ बर्षीय भारतीय नागरिक जैनुल हकलाई पक्राउ गरेको हो।

नाकामा जाँच गर्ने क्रममा उनको साथमा भारतीय ५ सय रुपैयाँको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो। उनले बोकेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ। रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ।
 

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्