Kathmandu Press

महिला टि–२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने सिरिजमा नेपालले पहिलो दिन नै तान्जानियासँग खेल्ने भएको छ।
महिला टि–२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

काठमाडौं, कात्तिक २३ : हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टि–२० सिरिजमा नेपालले पहिलो खेल तान्जिनियासँग खेल्ने भएको छ।

कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने सिरिजमा नेपालले पहिलो दिन नै तान्जानियासँग खेल्ने भएको छ। प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन्।

Hardik ivf

नेपालले दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ। त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

सिरिजका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्