कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य
आचार्यले जनताको मनोभावनालाई बुझेर र राजनीतिक दलको सुझाव लिएर विकासको एजेन्डामा अगाडि बढ्ने प्रतिक्रिया दिए।
मोरङ, कात्तिक २२ : कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन्।
आचार्यले बुधबार नै मुख्यमन्त्री केदार कार्कीबाट पद तथा गोपनियताका] शपथ लिएका छन्।
शपथ ग्रहण पछि उनले कोशी प्रदेशको समग्र विकासमा लाग्ने प्रतिद्धबता जनाए। आचार्यले जनताको मनोभावनालाई बुझेर र राजनीतिक दलको सुझाव लिएर विकासको एजेन्डामा अगाडि बढ्ने प्रतिक्रिया दिए।
प्रकाशित मिति: १९:०३ बजे, बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












