Kathmandu Press

चिसो बढेसँगै बिरामी पर्न थाले भूकम्पपीडित

चिसोमा खुला आकाशमा रात बिताउनु पर्दा बालबालिका, गर्भवती र वृद्धवृद्धा प्रभावित बनेका छन्।
चिसो बढेसँगै बिरामी पर्न थाले भूकम्पपीडित

जाजरकोट, कात्तिक २२ : दिनदिनै बढिरहेको चिसोमा खुला ठाउँमा रात बिताउनुपर्दा जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडित बिरामी पर्न थालेका छन्।

चिसोमा खुला आकाशमा रात बिताउनु पर्दा बालबालिका, गर्भवती र वृद्धवृद्धा प्रभावित बनेका छन्। भूकम्पपीडितमा रुघाखोकी र निमोनियाको जोखिम बढेको छ।

Hardik ivf

सफा पानी र सहज शौचालयको अभावमा झाडापखला र हैजाको प्रकोप फैलिन सक्ने जोखिम पनि बढेको बताइएको छ।

पीडितहरुले भने सहज रुपमा राहत पाउन नसकेको र ६ दिन हुँदा पनि खुला आकाशमुनि बस्नु परेको गुनासो गरेका छन्। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितलाई भने स्थानीय सरकारमार्फत् राहत सामग्री वितरण गरिएको छ।

 

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्