Kathmandu Press

अनुमतिबिनै लोमान्थाङमाथि पुगेका ६ भारतीयलाई नियन्त्रण लिएर फिर्ता 

अनुमतिबिना मुस्ताङ पुगेका उनीहरुलाई नियन्त्रणमा लिएर पोखरा फिर्ता पठाइएको मुस्ताङ प्रहरीले जनाएको छ। अनुमति पत्रबिना भ्रमणमा पुगेका भारतीय नागरिकलाई सशस्त्रले नियन्त्रणमा लिएर अनुमती लिएर आउन पोखरा फर्काइदिएको जनाइएको छ।
अनुमतिबिनै लोमान्थाङमाथि पुगेका ६ भारतीयलाई नियन्त्रण लिएर फिर्ता 

पोखरा, कात्तिक २२ : अनुमतिबिनै मुस्ताङको लोमान्थाङ भन्दा माथि पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अनुमतिबिना मुस्ताङ पुगेका उनीहरुलाई नियन्त्रणमा लिएर पोखरा फिर्ता पठाइएको मुस्ताङ प्रहरीले जनाएको छ। अनुमति पत्रबिना भ्रमणमा पुगेका भारतीय नागरिकलाई सशस्त्रले नियन्त्रणमा लिएर अनुमती लिएर आउन पोखरा फर्काइदिएको जनाइएको छ।

अध्यागमनबाट भ्रमण अनुमति लिएर आए मात्रै उनीहरुले भ्रमण अनुमति पाउने छन्। उनीहरूलाई लोमान्थाङमाथि रहेको नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई नियन्त्रणमा लिइ फिर्ता पठाइएको प्रहरीले जनाएको छ। 
 
प्रकाशित मिति: १५:०२ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्