आरतीलाई न्यायको माग गर्दै पूर्व मन्त्री प्रभु साह धर्नामा
माइती पक्षले दाइजोका कारण साहको हत्या गरिएको आरोप माइती पक्षको लगाउँदै आएको छ। दोषीलाई कानुन वमोजिम कडा सजायको माग गरिँदै आएको छ।
काठमाडौं, कात्तिक २२ : रहस्यमय रुपमा जनकपुरमा मृतक अबस्थामा भेटिएकी आरती साहलाई न्याय दिन माग गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत धर्नामा बसेका छन्। काठमाडौंको माइतीघरमा साहको माइती पक्षले धर्ना दिँदै आएको छ।
बुधबारको धर्नामा पूर्व मन्त्री साहसमेत सहभागि भएका हुन्। जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी साह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले दाइजोका कारण साहको हत्या गरिएको आरोप माइती पक्षको लगाउँदै आएको छ। दोषीलाई कानुन वमोजिम कडा सजायको माग गरिँदै आएको छ।
घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मृतक साहको परिवार लामो समयदेखि माइतीघरमा धर्नामा छ। सरकारले पीडित परिवारलाई पत्र पठाउँदै वार्तामा आउन आग्रह गरे पनि वार्ता हुन सकेको छैन।
प्रकाशित मिति: १४:५८ बजे, बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












