Kathmandu Press

रोटरीलगायत निकायबाट सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई स्वास्थ्य उपकरण सामग्री

आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई रोटरी क्लव अफ साँखु, रोटरी डिस्ट्रिक ३२९२ र रोटरी डिस्ट्रिक १७१० लगाएतले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो।
रोटरीलगायत निकायबाट सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई स्वास्थ्य उपकरण सामग्री

काठमाडाैं, कात्तिक २२ : रोटरी क्लबलगायत विभिन्न निकायले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई स्वास्थ्य उपकरण सामग्री सहयोग गरेको छ।

आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई रोटरी क्लव अफ साँखु, रोटरी डिस्ट्रिक ३२९२ र रोटरी डिस्ट्रिक १७१० लगाएतले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो। उक्त संस्थाहरुले अस्पताललाई प्रदान गरेको उपकरणले आगोले पोलेका बिरामीको उपचारमा थप मद्धत पुग्ने अस्पतालले जनाएको छ।

Hardik ivf

कार्यक्रममा प्रतिनिधिसभाका सांसद विन्दबासिनी कंसाकारले आफु तेजाव आक्रमणको पिडित भएको र त्यसको पिडा आफुलाई महसुस भएको भन्दै जलन भोगेका नेपालीको उपचारको सहज रुपमा उपचारको व्यवस्था हुनुपर्ने बताए। राज्यका तर्फबाट कमीकमजोेरी रहेकाले आफ्नो तर्फबाट संसदबाट आवाज उठाउँदै आएको उनले बताए। उनले तेजाबपीडितहरुका लागि सहज रुपमा उपचारको वातावरण बनाउन आफुले निरन्तर काम गर्ने उल्लेख गरे।

उक्त अस्पतालले हालसम्म २४ हजार भन्दा बढि विरामीको जाँच गरिसकेको जनाएको छ। अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ। 

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्