एमालेको सचिवालय बैठक जारी

काठमाडौं, कात्तिक २२ : नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा, जाजरकोट भूकम्पपछिको सरकारको राहत र उद्धारको काम लगाएतका बिषयमा छलफल भइरहेको एमालेले जनाएको छ।
त्यस्तै बैठकमा पार्टीले सञ्चालन गर्न लागेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन्।
प्रकाशित मिति: १३:४६ बजे, बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












