राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौं, कात्तिक २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण पूरा ग रीस्वदेश फर्किएका छन्।
सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा उहाँ अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी भएर गएराति स्वदेश फर्किएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अध्यक्ष लिङ्देनले टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्नाका साथै टेक्सस, इन्डियाना, ओहायो, वाशिङटन डिसी, न्यूयोर्क, बाल्टिमोरलगायत मुख्य सहरमा नेपाली समुदाय, पानसका विभिन्न समितिहरुसँग भेटघाट र साक्षात्कार गर्नु भएको थियो ।
अध्यक्ष लिङ्देन यही कात्तिक ९ गते अमेरिका प्रस्थान गर्नुभएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष बुद्धिमान तामाङ, अर्का उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।
अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी एवं अमेरिकामा रहेका पानस आईसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ पनि स्वदेश फर्कनुभएको प्रवक्ता श्रेष्ठले बताए।




-1790252522.jpg)




-1790252522.jpg)

