Kathmandu Press

बाजुरामा भूकम्पको धक्का

जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ।
बाजुरामा भूकम्पको धक्का

बाजुरा, कात्तिक २१ : बाजुरामा भूकम्पको धक्का महसूस गरिएको छ। जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन्।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६.४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् .।

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्