Kathmandu Press

भूकम्पपीडितलाई परामर्श सेवा

भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको छ।
भूकम्पपीडितलाई परामर्श सेवा

बाँके, कात्तिक २१ : भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ। आफन्त गुमाएका कारण उनीहरू शोकमा छन्।

भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

Hardik ivf

डा. लीला देवकोटा, डा. प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहेका छन्।

अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ। बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि उक्त कक्ष स्थापना गरिएको हो।

भेरी अस्पताल नेपालगन्जमा हाल ४६ भूकम्पपीडितको उपचार भइरहेको छ। उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन्। एक जनाको निधन भएको छ। हाल अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ।

अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ।

प्रकाशित मिति: १२:१८ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्