Kathmandu Press

पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना 

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना 

काठमाडौं, कात्तिक २१ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मौसम आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: ०८:०८ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्