काठमाडौं महानगरले पठायो भूकम्प पीडितलाई राहत
आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो ।
काठमाडौं, कात्तिक २० : काठमाडौ महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री पठाएको छ। आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरिङ तथा प्राविधिक लगायत थप सहयोग चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ। भूकम्पबाट १५० भन्दा ज्यान गएको छ भने सयौं संरचनाहरु ध्वस्त भएका छन्।
भूकम्पबाट प्रभावित बनेकाहरुका लागि विभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ।
प्रकाशित मिति: १८:४५ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












